काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज मुडेको आलु प्रति केजी न्यूनतम८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज१०३ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रति केजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोलभेडा ठूलो १४०,लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।
रायोको साग प्रति केजी १३० रुपैयाँ, बरेला १०० रुपैयाँ, कन्यच्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ,आज हरियो खुर्सानीको भाउ प्रति केजी २०० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४२० रुपैयाँ रहेको छ ।
फूजी स्याउ २६० रुपैयाँ कायम भएको छ ,केराको मूल्य १५० पुगेको छ ,अनारको मूल्य३८० रुपैयाँ तोकिएको छ ।
