कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघ बाट उद्धार कोषमा रकम हस्तान्तारण

२२ आश्विन २०८१, मंगलवार १५:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघले सहयोग रकमहस्तान्तरण गरेका छन् ।

मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल सहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी प्रहरी श्रीमती संघकाअध्यक्ष लक्ष्मी कुवँरले रु पाँचलाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।