बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

२२ आश्विन २०८१, मंगलवार ११:१५

काठमाडौं। बाढीप्रभावितक्षेत्रको अवस्थाकाबारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री सिन्धुली पुगेका छन् ।
मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिकपूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट पुगेका हुन्।
उनीहरुले सुनकोशी नदीमाआएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे । रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनकालागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।