डि लाईट टेलरिङ्ग सेन्टरको दशै अफर छुट

१७ आश्विन २०८१, बिहीबार ११:३५

काठमाडौं । काठमाडौंको पुतली सडकको प्रदर्शनी मार्ग चोकमा रहेको डि लाईट टेलरिङ्ग सेन्टरले चाड पर्वको शुभकामना सहित कपडा किन्दा विशेष छुट दिएको छ ।

उक्त टेलरिङ्ग सेन्टरले २०८१ सालको विजयी दशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई थ्रि पिस शुटमा २५ सय र अन्य कपडाहरुमा पनि २० प्रतिशत छुट दिएको छ । यो अफर एक हप्ता अर्थात फुलपातीसम्म रहने छ ।

उक्त टेलरिङ्ग सेन्टरले विगत २० वर्ष देखि निरन्तर सेवा दिदै आएको छ । विभिन्न भेराइटिका गुणस्तरीय कपडासंगै फिटिङ्ग, फिनिसिङ्ग र टाइमिङ्गलाई ध्यान राखेर सेवा दिदै आएको छ । बजारमा पाउने मूल्यमा भन्दा कम मूल्यमा राम्रो कपडाहरु उपलब्ध गराउदै आएको टेलरिङ्ग सेन्टरका सञ्चालक घले ले जानकारी गराएका छन् ।

ग्राहकहरुको पैसा त्यत्तिकै आएको होइन र ग्राहकहरुले तिरेको मूल्य बराबरको सेवा पाउनु पर्छ भन्ने कुरालाई ध्यानमा राखेर डि लाईट टेलरिङ्गले दुई दिन भित्र कपडा तयार गरेर चित्त बुझ्दो सेवा प्रदान गर्ने प्रतिबद्धता सञ्चालक नरेश घले ले गरेका छन् ।