नेपाल राष्ट्र बैंकद्धारा दुई मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज

३२ श्रावण २०८१, शुक्रबार ०८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको हो ।

यी दुई कम्पनीले तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

undefined