काठमाडौं । सानिमा बैंक लिमिटेडले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
सानिमा बैंकले भदौ १ गतेदेखि लागू हुने बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याजदर कायम गरेको छ।
साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो। तेस्तै बैंकले साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकलेआधारदर ८.०६ प्रतिशतबाट घटाएर ८.०३ प्रतिशतमा झरेको छ ।

