आजको यक्ष प्रश्न:- सँसदिय प्राणलिमा सरकार फेरबदल भईरहनु स्वभाबिकरुपमा लिन सकिन्छ तर जनताले जहिले पनि राज्यपक्ष बाट सुशासन र समृध्दि बिकाश को अपेक्षा राख्नुलाई पनि स्वभाबीक मान्न सकिन्छ तर सुशासन को नाउमा जनतालाई केहि समय झुक्काउन छलकपट गर्न सकिएला तर अहिलेको जनता हिजोको अबस्थामा छैनन एक्काईसौं सताब्दिको जनता हो यो बुझ्न जरुरी छ ।
जनताको तर्फबाट पटक पटक सरकारको ध्यान तानिरहेको र समय समयमा उठाएका बिषयहरु तथा सासँदहरुले बिपक्षमा रहदा होस अथबा सत्तापक्षमा रहदा किन नहोस अझ दलको महामन्त्रीको जिम्मवारि पदमा रहेका हाम्रा माननीय साँसद ज्यु हरुबाट पनि सदनमा पटक पटक उठाएका जनचासोका भ्रष्ट्राचार सँग जोडिएका तमाम बिषयहरु जस्तै धमिजा काण्ड,लाउडा,गोकर्ण रिसोट को जग्गा भाडामा दिने बारे सँझौता,टेरामक्श,ललिता निबास,सुन तस्करि क्याटनमेन,भुटानि शरणार्थी ,टिकापुर जग्गा,गिरिबन्धु,सहकारी,हाल आएर डेटिकेटेड लाएनको बक्यौता बिधुत महशुल उठाउने बारेको बिषय किन नहोस आदि आदि काण्डै काण्ड हरुको बिषयमा कहिले सम्म प्रश्न उठाईरहनु पर्ने हो ?
समाधान सहित जनताले जबाफ मागीरहेकाछन् अझ यि प्रश्न उठाएउने हाम्रा सासँद ज्यु हरुले सदनमा एउटै बिषयहरुको जबाफ कहिले सम्म मागिरहनु पर्ने हो ? के माननिय ज्युहरुलाई जबाफ नपाउदा गरिमामय सदनमा बोलेका यि बिषयहरुले कतै आफैलाई गिजाई रहेकात छैनन ।यदि त्यसो होईन भने यि प्रश्न सदाको लागी नउठने गरि प्रश्नकर्ता माननिय ज्युहरु मार्फत सरकार लाई दबाब दिनु का साथै जनतालाई जबाफ दिनुपर्यो यदि उत्तर बिना मौन बस्ने हो भने गरिमामय सदनमा के माननिय सासँद ज्यु हरुको अैाचित्य सकिएकै हो त यदि त्यसो हो भने जनताको बिचमा के जबाफ दिने अन्तर आत्मा लाई सोध्ने होकि ?
अब जबाफको बिकल्प के हुन सक्छ जनताले सरकारको तर्फ बाट सधैभरि आउने रेडिमेट जबाफ दोषिलाई कानुनन अनुसार कारबाही हुन्छ भन्ने जबाफ सुन्न चाहेका छैनन।यथाशक्य दोषिलाई कठघरामा उभ्याएको हेर्न चाहेका छन।सधाको लागी यिनको जबाफ अनुत्तरी रहिरहने हुनकि जनताले जबाफ मागिरहेकाछन्।जनतालाई सडकबाट जबाफ खोज्नु नपरोस यदि जनता सडकमा जाने अबस्था श्रृजना भयो भने सरकारमा बसिसकेका र बसिरहेका नेतृत्वमा रहेका नेताज्युहरुले बहुमतको नाउँमा जे गरेपनि हुन्छ भन्ने मानसिकता नराखे हुन्छ जस्को उदारण बँगलादेशको जन निर्बाचित सरकारको प्रमुख शेखहसिना बाट शिक्षा लिन सकिन्छ सबैमा चेतना होस।
