कञ्चनपुरको की २६ वर्षीया हीरा शाहलाई मारेको हिंस्रक बाघ शुक्रबार नियन्त्रणमा

१८ श्रावण २०८१, शुक्रबार १०:४५

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ की २६ वर्षीया हीरा शाहलाई मारेर उखुबारीमा पसेको हिंस्रक बाघलाई शुक्रबार नियन्त्रणमा लिएको छ।

आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ०२ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो। बेहोस गर्ने सुई लगाएर बाघ नियन्त्रणमा लिइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।