एमाले सचिवालय बैठक बस्दै, यी विषयमा छलफल गर्दै

१७ श्रावण २०८१, बिहीबार ०८:०९

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो