नेपाल राष्ट्रिय कर्मचारी संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा भोज बहादुर रावल

१३ श्रावण २०८१, आईतवार १७:२६

नेपाल राष्ट्रिय कर्मचारी संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठक प्रदेश राजधानी दाङमा सम्पन्न भएको छ ।

उक्त बैठकबाट निजामती सेवाबाट अनिवार्य अवकास भएका लुम्बिनी प्रदेश समितीका अध्यक्ष रुद्र पौडेलको बिदाई तथा उपाध्यक्ष रहेएका भोज बहादुर रावल अध्यक्ष पदमा सर्वसम्मतिले चयन भएका छन् । यस्तै रिक्त रहेका प्रदेश समितीको सदस्य पदमा सचिवालय सदस्यमा बेद प्रसाद भण्डारी सदस्य पदमा दुर्गा बहादुर वि.क.र बिकेन्द्र वि.क.लाई मनोनीत गरिएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन लुम्बिनी प्रदेशको विस्तारित बैठक प्रदेश राजधानी दाङमा सम्पन्न भएको केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज राजेन्द्र रानाले जानकारी गराएका छन् ।