काठमाडौं । सुनको मूल्य एकैदिनमा २४ सय रुपैयाँले घटेको छ ।
बुधवारको तुलनामा आज (बिहीबार) एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ। हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । जुन, आज १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । सुनको मूल्य घटेकै दिनमा चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ । हिजो (बुधवार) तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँले घटेको हो।
