काठमाडौं । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रीबद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराकालागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए ।
उनले जहाजका क्याप्टेनमनिषरत्नशाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी पनिलिएका छन् ।
दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जनागम्भीर घाइते भएका छन् । मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपालवायु सेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए ।
आगामीदिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिककमजोरी के थियो पत्तालगाउनमन्त्री पाण्डेले सम्बन्धितनिकायकाकर्मचारीहरुसँग छलफल अगाडि बढाएका हुन् ।
दुर्घटनालगत्तै प्रधानमन्त्रीकेपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकले पनि घटनास्थलको भ्रमण गरेका छन् । प्रधानमन्त्रीओलीले सम्बन्धितकर्मचारीहरुसँग छलफल समेत गरेका छन् ।
उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुनपुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको नागरिक उड्डयन प्राधिकरणले बुधवार दिउँसो विज्ञप्तिमार्फत् जनाएको छ ।
प्राधिकरणका अनुसार सो विमान ‘एनुअल मेन्टेनन्स प्रोग्र्याम’काक्रममाथियो। सो विमान त्रिभुवन विमानस्थलको उत्तरपूर्वी भेगमा खसेको थियो ।
