काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको छ ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पतालमा उपचार भई रहेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।
जहाजमा सवार यात्रुहरु अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश महर्जन, श्याम विनौकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, योग्य प्रसाद पौडेल, सन्तोष महतो, पुन्य रत्न शाही, आरेफ रेदा र क्यापटेन मनिषरत्न शाक्य र सह क्यापटेन रहेका छन् ।
