प्रधानमन्त्रीले कुलमानको राजीनामा मागेपनि राजीनामा दिन नहुने शाहीको दावी

८ श्रावण २०८१, मंगलवार १२:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको राजीनामा मागेपनि राजीनामा दिन नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञान बहादुर शाहीले बताएका छन् ।

नेपाली चलचित्र फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक कार्यक्रम सोमबार (हिजो) बोल्दै प्रवक्ता शाहीले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीले कुमानको राजीनामा मागेमा संसदमा अगाडि उभ्याने उनले बताएका छन् । यस्तै कुलमानले राजीनामा दिनुपर्ने त्यस्तो केही काम नगरेको कारण राजीनामा दिन नहुने बताए ।

आस्था विचार जुनसुकै पार्टीमा राखेपनि कुलमान घिसिङ एउटा राम्रो कर्मचारी भएको र उनकै नेतृत्व कारण आज जलविद्युतमा केही प्रगति भएको बताए । प्रधानमन्त्री ओलीले पहिले पनि विद्युत प्राधिकरणमा आफ्नो सालोलाई लिएको र अहिले पनि सालो ल्याउन खोजेको हुन सक्ने यदि त्यस्तो भएको त्यो मान्ने नहुने उनले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उपप्रधानमन्त्री भइसकेका एमालेका नेता टोप बहादुर रायमाझी र गृहमन्त्री भएका कांग्रेस नेता बालकृष्ण खाँडलाई भुटानी शरणनार्थी काण्डमा पक्राउ गरेको प्रसंशा गरे ।