आज सुनको मूल्य २ हजारले घट्यो

४ श्रावण २०८१, शुक्रबार १२:३६

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले घटेर १ लाख ४७ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।