ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌ दलितविहिन

३२ असार २०८१, सोमबार १२:४४

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।

सोमबार (आज) विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् । एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।