कांग्रेसको शेखर – गगन समूहको मन्त्रीहरुको नाम पनि लाग्यो टुंगो, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने

३२ असार २०८१, सोमबार १२:०१

काठमाडौं । नेपाली कांग्रेसको शेखर – गगन समूहको मन्त्रीहरुको नाम पनि टुंगो लागेको छ।

कांग्रेसको शेखर – गगन समूहले प्रदीप पौडेललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका छन् ।