कांग्रेसबाट को को मन्त्री बन्दै छन् त ?

३२ असार २०८१, सोमबार ११:१८

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम टुंगाएका हुन् । जसअनुसार प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । रमेश लेखकले गृह पाउने पक्का भएको एक नेताले जानकारी दिए । डा. आरजु देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइने भएको छ । अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइने भएको छ ।

दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको कांग्रेसका ती नेताले जानकारी दिए । संस्थापन पक्षबाट एनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । देउवाले संस्थापन इतर समूहसँग ३ जनाको नाम मागेका छन् । संस्थापन इतरका डा. शेखर कोइराला पक्षले भने ४ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । संस्थापन इतर समूहबाट मन्त्री बन्नेको नाम टुंगो लागेको छैन ।