काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर नै छ । जस्तै, अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा छ । युरोपियन युरो १ को खरि दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।
यस्तै, बेलायती पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।त्यसैगरी, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ ८० पैसा छ भने बिक्री दर ३५५ रुपैयाँ ३९ पैसा रहेको छ ।
