ल्याउने दुई कामदार पक्राउ

३० पुष २०७४, आईतवार ११:१५

पुस ३०, काठमाडौं ।
अवैधरुपमा कतारबाट ल्यएको दुई सय ६५ ग्राम सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । गोरखाको च्याङली घर भएका विज्ञान नेपाली र पाल्पाको सटिने घर भएका गुण बहादुर सारुलाई लुकाइछिपाई ल्याएको २६५ ग्राम सुनको चार थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

विदेशबाट आउने व्यक्तिले बढीमा ५० ग्रामसम्मको सुनका गरगहना मात्रै आप्mनो साथमा ल्याउन पाउने व्यवस्था छ । दोहाबाट काठमाडौं आएका उनीहरुका साथमा रहेको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले बरामद गरेको हो ।