नेपाल राष्ट्र बैंकद्धारा हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति

२७ असार २०८१, बुधबार १८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ । बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा राष्ट्र बैंकले यस्तो तथ्यांक उल्लेख गरेको हो ।

अघिल्लो वर्ष ०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७=८ प्रतिशतले बढेर ०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५=१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।