रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२,३३ वर्षीय महेश थापा रहेको इलाका प्रहरी कार्यलय होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।
रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भएको हो भन्ने अहिलेसम्म नखुलेको र त्यस विषयमा थप अनुसन्धान भइरहेको इञ्चार्ज गैरेले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ । मिनीट्रक सडकदेखि ५०६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए । दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।
