काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।
‘आजका लगि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ः०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए ।
माले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।
