काठमाडौं । स्थानीय बजारमा सुन मूल्य प्रतितोला ९ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार एक सय निर्धारण भएको छ।
यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ।
