काठमाडौं । लगातारको अविरल वर्षाको कारणले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ ।
अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतबार बिहानदेखि वर्षाका कारण अवरुद्ध भएको हो । अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेसिभी मेसिनहरू र स्थानीय बासिन्दाहरुले खुल्नेक्रम चलिरहेको स्थानीयले बताएका छन् ।
सन्धिखर्क नगरपालिका –६ दहखोला र बहोखरमा पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार बिहान १० बजेदेखि फेरि सञ्चालन गरिएको वडा अध्यक्ष श्रीधर महत्राले बताए । सडक खुले पनि जोखिम कायमै छ, सडक अवरुद्ध भइरहने स्थान रहएका वडाध्यक्ष महत्राले बताए । यात्रा गर्दा अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादुर खत्रीले आग्रह गरेका छन् ।
चालु आर्थिक वर्षमा नै मुख्य सड्कको डबल कटिङ्ग गरी सडक चौडा गराइएका कारण धेरै ठाउँमा जोखिम भएको खत्रीले बताए । जिल्लाको लाइभलाइन भएकाले पनि जोखिमबिचमा जेसिभी मेसिन मात्र नभई सशस्त्र प्रहरी तैनाथ अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
पानी परिरहेको छ, ठाडाका अराज बेल्वासेले भने, ‘सितखोला पनि उर्लिएको छ, प्रहरीसँग बुझेर मात्र यात्रा गर्दा राम्रो हुन्छ ।’ घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी रूपमा खोलिएको छ ।लगातार वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । पानी पर्नेक्रम जारी छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक पनि अधिकांश ठाउँमा पहिरो गएका कारण अवरुद्ध छ ।
वर्षाका कारण निगाली, दमार, पटौटी लगायतका ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ग्रामीण भेगमा जाने अधिकांश सडकहरू भत्किएका छन् । अर्घाखाँचीबाट पाल्पा, प्युठान र गुल्मी जाने सडकहरू ठाउँ–ठाउँमा पहिरोले भत्किएको प्रहरीले जनाएको छ ।
