वाम गठबन्धन तोडेर सरकार जस्कोपनि बन्न सक्छ – युवा नेता घिमिरे (भिडियो अन्र्तवार्ता)

३० पुष २०७४, आईतवार ०७:५६

वर्तमान सरकारले कसलाई कसरी र कुन रुपमा राजीनामा दिने भन्ने नै अन्योल रहेको कांग्रेस युवा नेता गुरुप्रसाद घिमिरेको तर्क छ । निर्वाचनमा अनपेक्षित हारलाई स्वीकार गर्दै नेता घिमिरेले नेपाली काँग्रेसले अवको पाँच वर्ष सशक्त प्रतिपक्षमा बसी नवगठित सरकारले गरेका कामको गुण र दोष केलाउदै अघि वढ्नु नै उचित हुने बताए ।

वर्तमान काम चलाउ सरकारले गरेका नियुक्तिको बारेमा आयोखवरले सोधेको प्रश्नको उतर दिदैं नेता घिमिरेले मुलुकले विपक्षीमा रहेका पार्टीहरुसंगको सहकार्यको संभावना गठवन्धनको आधारलाई सशक्त किसिमले एमाले र माओवादीवीचको आपसी शक्ति सन्तुलनमा देखिएको असमझदारीलाई चिर्दै अघि वढेको खण्डमा वास्तविक रुपमा गठवन्धनको सार्थक्ता पूरा हुने एमालेले प्राप्त गरेको ठूलो दलको जनादेशलाई आत्मसाथ गर्दै सरकार वनाउनु पर्ने देखिएको बताए । बाँकी हेर्नुहोस भिडियो सहित