नेकपा एसको नेतृत्वका लागि माधव नेपाल रघनश्याम भुसालबीच प्रतिस्पर्धा हुने

१८ असार २०८१, सोमबार १२:४५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

बन्दसत्र सञ्चालनका निम्ति खनालको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । यस्तै, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी र उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजय पौडल सम्मिलित माइन्युुट कमिटी गठन गरिएको छ ।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने प्रचार विभागले जनाएको छ । आइतबार (हिजो) देखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा एकीकृत समाजवादीको महाधिवेशन जारी छ । नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने नेताहरूको भनाइ छ ।