आज सुनको मूल्य तोलामा दुई सयले बढ्यो, कारोबार कतिमा हुदै ?

१७ असार २०८१, आईतवार ११:५३

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० कायम भएको छ ।

यस्तै चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।