देउवाले दिए ओलीलाई प्रधानमन्त्रीको अफर, सत्ता समीकरणमा हलचल सुरु

१७ असार २०८१, आईतवार १०:४७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

देउवा र ओलीको भेटवार्ताले सत्ता समीकरणमा हलचल सुरु भएको छ । कांग्रेसका सभापति देउवा श्रीमती आरजु राणा देउवासहित बालकोट पुगेका हुन् । सभापति देउवा र ओलीबीच करिब ३ घण्टा छलफल भएको थियो ।

बालकोट स्रोतका अनुसार देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले प्रधानमन्त्रीको अफर गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विहानै ओलीसँग फोन संवाद गरेका छन् । प्रचण्डले ओलीलाई भेटघाटको वातावरण मिलाउन आग्रह गरेको बताइएको छ ।

ओली र प्रचण्डबीच आज नै केही समयपछि भेटघाट गर्ने तयारी रहेको बताईको छ । बालकोट स्रोतका अनुसार ओलीले देउवाको प्रस्ताव स्वीकार गर्ने मनस्थिति बनाएका छन् ।