काठमाडौं । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड अन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४ त २४६५ नम्बरको ट्रयाक्टर आज रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको पनि अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
