पुस ३०, काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । शनिबार विहान ३ बजे सकिएको घोषित परिणाम अनुसार पाण्डे मतले विजयी भएका हुन् । उनले प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् ।
प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको थियो ।
निर्वाचित नयाँ समिती
अध्यक्षः सिएन पाण्डे
प्रथम उपाध्यक्षः अच्युत गुरागाईं
द्वितिय उपाध्यक्षः संगिता जिरेल
महासचिवः रमेश थापा
सचिवः सविता भट्टराई
कोषाध्यक्ष ः रामप्रसाद श्रेष्ठ
सह कोषाध्यक्षः सुरेन्द्र भट्टराई
सदस्यहरु
सुदर्शन नेपाल
देबकी गुरुङ
फुरी ग्याल्जेन शेर्पा
अमृत कुमार ढकाल
रमेश पौडेल
राजु ढकाल
ईनु थापा
गीता ढकाल
