मन्त्रिपरिषद् बैठकद्धारा अर्थमन्त्री वर्षमान पुनको विदेश भ्रमण स्वीकृत

११ असार २०८१, सोमबार ११:४६

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुनको यही असार अन्तिम साता हुने विदेश भ्रमण स्वीकृत गरेको छ।

असार २७ गतेदेखि २९ सम्म बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा भाग लिन अर्थमन्त्री पुन चीन जानलागेका हुन्।