ल्होछारसंगै गायक आश्मानले ल्याए खान्दोके सेलो ‘बल्ल पो तामाङको हुल उड्यो’

२८ पुष २०७४, शुक्रबार १३:३७

पुस २८, काठमाडौं । गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका तामाङको हुल उठ्यो सार्वजनिक भएको छ । खान्दोके सेलो सिन्धुपाल्चोक जिल्ला आसपासमा प्रचलित भाका हो ।

लोप्चनको आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् । भिडियोमा लोप्चनसहित प्रितम तामाङ, रञ्जिता तामाङ, आस्मा लामा र बले तामाङको अभिनय रहेको छ ।  रामेश्वर जिरेलले खिचेको भिडियोलाई दीपक तामाङले सम्पादन गरेका हुन् भने भिडियोको छायांकन सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा गरिएको हो । मौलिक परम्परा झल्किने गीत भएकाले भिडियोमा पनि तामाङ समुदायको मौलिक परम्परालाई समेटिएको गायक लोप्चनले बताए ।

लोप्चनको यो चौथौ प्रस्तुति हो । यसअघि उनका आस्याङकी छोरी, हिमाल पारिको गाउँ र नक्कली गोरी ठिटीलाई गीत सार्वजानिक भइसकेका छन् ।  तामाङ समुदायमा सैलुङ्गे जुहारी ,फापरे सेलो ,म्हेन्दोमाया भनेझैं खान्दोके भाका पनि तामाङ सेलोको एक पाटो हो । खान्दोके भाकाको प्रवर्द्धन गर्न आफू सधैं लागिपर्ने गायक लोप्चनले बताए ।