कतार एयरवेजको टिकटमा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिश छुट प्राप्त गर्ने

७ असार २०८१, बिहीबार ११:०७

काठमाडौं। कतार एयरवेजसँग एनएमबि बैंकले साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ ।

कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिश सम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् बैंकले जनाएको छ।

नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा छुट प्राप्त गर्नको लागि ग्राहकले अनलाइन प्रमोशनल कोड  QRNMB24 प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बैंकले बताएको छ ।

यस्तै कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउन सक्ने बैंकले जनाएको छ ।