वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड विजयी

७ असार २०८१, बिहीबार ०९:४६

काठमाडौं । टी–२० विश्वकपको सुपर–८ मा वेस्ट इन्डिजलाई पराजित गर्दै इङ्ल्यान्ड विजयी भएको छ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै इङ्ल्यान्ड विजयी भएको हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७.३ ओभरमा दुई विकेट गुमाउदै विजय लक्ष्य पुरा गर्‍यो ।