आन्दोलनरत ट्याङ्कर चालक र सरकारबिच सहमति

४ असार २०८१, सोमबार १५:१२

काठमाडौँ । आन्दोलनरत ट्याङ्कर चालक र सरकारबिच सहमति भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति सुरु पनि भएको छ ।

चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो ।