काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा त्रिपुरेश्वरमा स्थानान्तरण गरिएको छ ।
उक्त बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ।
थापाथली शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन् ।
नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी बैंकले भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
हाल बैंकले नेपाल भरी फैलिएका १ सय ७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटीएम, ६ हजार ५ सय भन्दा बढी पिओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुवाट आफ्ना ग्राहकहरु लाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
