काठमाडौं । वाई वाई चाउचाउमा क्यान्सर गराउने रसायन भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिकाले प्रतिबन्ध लगाउने तयारी सुरु गरेको छ ।
बागलुङको गल्कोट नगरपालिका–४ ले वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ । वडाभित्र चाउचाउको किनबेचमा पूर्ण प्रतिबन्ध छ ।
ैकाठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटेको थियो । गत बैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्यधिक पाइएपछि महानगरले कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना समेत तिराएको थियो ।
त्यस्तै,वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो ।
