नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको सांसद आचार्यको आरोप

३० जेष्ठ २०८१, बुधबार १२:३१

काठमाडौं । नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको एमालेका सांसद भीमप्रसाद आचार्यले आरोप लगाएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको सांसद आचार्यको आरोप छ ।

बुधबार (आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’

उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेचइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराराएर हिड्न परिरहेको गुनासो रहेको छ ।’