नेपाली टिममा सन्दीप लामिछाने जोडिए पछि कप्तान पौडेलले भने यस्तो

२९ जेष्ठ २०८१, मंगलवार ११:१७

काठमाडौं । नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले नेपाललाई धेरै फाइदा हुने कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने कप्तान पौडेलले बताए ।

उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने बताए ।

कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको समेत बताए ।