अर्घाखाँचीको छत्रदेब गाउपालिकामा टिप्पर दुर्घटना १ जनाको घटना स्थलमा मृत्यु

२९ जेष्ठ २०८१, मंगलवार १०:४३

काठमाडौं । अर्घाखाँचीको छत्रदेब गाउपालिका ७, भुसखाता देउरालीमा टिप्पर दुर्घटना भएको छ।

सोमबार राती पौने १० टिपर दुर्घटना हुदाँ टिप्परमा सवार ३ जना मध्ये १ जनाको घटना स्थलमा मृत्यु भएको छ। टिप्पर सडकबाट करिब १०० मिटर तल झरेको थियो। दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

दुर्घटनामा छत्रदेव ७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका २ का २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन् । घाइते भएका दुई जनालाई गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।