एमाले देशप्रति समर्पित पार्टी हो: ओली

२५ जेष्ठ २०८१, शुक्रबार १५:२७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन आफूहरूले मिसन ०८४ बनाएको बताएका छन् ।

एमाले र अरु पार्टी उस्तै खाले दल नभएको उनले दाबी गरे । चितवनको जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा ओलीले देश बनाउनको लागि एमालेले जित्नुपर्ने बताएका हुन् ।

उनले भने, “मिसन ०८४” त्यसै भनिएको होइन । राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नु हो, जसले देशलाई सफल र समृद्ध बनाउँछ । अरु पार्टी र हामी उस्तै होइनौं । एमाले देशप्रति समर्पित पार्टी हो ।”

ओलीले आगामी निर्वाचनमा एमालेले चितवनका ७ वटै पालिका जित्ने दाबी गरे ।