काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जबाफ दिएका छन्।
बिहीबार (हिजो) चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग बोल्दै ओलीले मेयर बालेनको टिप्पणीलाई “भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै” भन्ने टिप्पणी गरेका हुन्।
उनले भने, “भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर ! म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ ।”
ओलीले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताए।उनले भने “राष्ट्रिय राजनीतिलाई सम्भ राजनीतिमा लानुपर्छ, असभ्य राजनीतमा लानु हुँदैन ।”
मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्ने स्टाटस फेसबुकमा पोस्ट गरेका थिए।
