काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरेको कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले दाबी गरेका छन् ।
शुक्रबार (आज) सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको बताएका छन् ।
उनले सामाजिक संजालमाफर्त एक भिडियोमा भनेका छन््, “यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन, व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो । आफ्नो शक्ति दुरूपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”
उनले दलका नेताको भ्रष्टाचार कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए ।
सिरोहियाले भिडियोमा बोल्दै गण्तन्त्र ल्याउन कान्तिपुरले महत्वपूर्या भूमिका खेलेको बताएका छन् । उनले भ्रष्टचार र अनियमितता विषयमा निरन्तर समाचार प्रकाशन गर्ने र कैसको दवावमा नपर्ने समेत बताएका छन् ।
