नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्ने

२४ जेष्ठ २०८१, बिहीबार १७:२१

काठमाडौं । नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टि ट्वान्टी क्रिकेट विश्वकप’का अवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नारामा वातावरणीय योजना ल्याएको छ। दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्ने भएको छ।

यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने छन्।

एसपिजि अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाले दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो। यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ। विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ। हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ।’