भूमिकास्थान नगरपालिकामा ४ राजनीतिक दलहरुबीच ३ प्रस्तावमा सहमति

२४ जेष्ठ २०८१, बिहीबार १४:३१

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा ४ राजनीतिक दलहरुबीच ३ प्रस्तावमा सहमति भएको छ ।

जेष्ठ २४ गते भूमिकास्थान नगरपालिका भित्रका ४ राजनीतिक दलहरु नेपाली काँग्रेस, नेक एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा बीचको बैठकमा तीन वटा प्रस्तावमा निर्णय र सहमति भएको हो ।

भूमिकास्थान नगरपालिकाका काँग्रेसका नगर सभापति खडानन्द बेलावसेको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रस्ताव नं. १ माभूमिकास्थान नगरपालिका वडा नंं. ९ सानडेभामा उत्खनन उन्मुख विवादित चुन ढुंगा खानी र नगरपालिका भित्रको गतिरोध सम्बन्धमा न्याययिक समितिका संयोजकको संयोजकत्वमा ४ सदस्यीय अध्ययन कार्यदल गठन गरि कार्यपालिकाबाट अनुमोदन गर्न अनुरोध गर्ने सहमति भएको हो ।

यस्तै उक्त बैठकमा प्रस्ताव नं. २ मा भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ताको स्वैच्छिक राजिनामा दिने भन्ने बुझिएकोले उक्त राजीनामालाई स्वीकृत गरि नगर कार्यपालिका लाई सुचारु गर्न अनुरोध गर्ने सहमति गरियो भने प्रस्ताव नं.. ३ मा नगरपालिकाकाले गर्ने सम्पूर्ण रचनात्मक कामहरुमा राजनैतिक दलहरुले सहयोग गर्ने सहमति भएको हो ।

बैठकमा काँग्रेस सभापति खडानन्द बेल्वासे, एमाले अध्यक्ष मणि पौडेल , नेकपा (माओवादी केन्द्र) अध्यक्ष नरेन्द्रमान मुखिया र राष्ट्रिय जनमोर्चा अध्यक्ष हिमलाल बन्जाडे, उपप्रमुख बालकृष्ण बन्जाडे, वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, वडा नं. ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ, वडा नं. १० का अध्यक्ष खगेश्वर पन्थी लगाएतको उपस्थिति रहेको थियो ।

अध्ययन कार्यदलको सम्योजकमा बालकृष्ण बन्जाडे, सदस्यहरुमाा खगेस्वर पन्थी, जयगोपाल श्रेष्ठ र कृष्ण बन्जडे रहेका छन् ।