काठमाडौं । नेपालले सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल टिकटक यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः टिकटकले पत्र लेखेको छ।
टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले एक पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डमार्फत् पुनः नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।
टिकटक साउथ एसियाले सञ्चार तथा सूचना प्रविधीमन्त्री र गृहमन्त्रीलाई समेत बोधार्थ पठाएको छ। टिकटकले यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो।
मोत्ताकिन पठाएको पत्रमा भनिएको छ, ‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुत पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं ।’
टिकटक बन्द गरिएको आठ महिनाको अवधिमा आफूहरुले सरकारलाई ७ पटक पत्र लेख्दै अनुरोध गरेको समेत उक्त पत्रमा उल्लेख गरेको छ।
