सुनको मूल्य १ हजारले घट्यो, कारोबार कतिमा हुदै ?

२१ जेष्ठ २०८१, सोमबार ११:५७

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको जनाएको छ। आइतबार (हिजो) छापावाल सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेकामा सोमबार घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ कायम हुँदा सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको छ । यसअघि दिन चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।