क्यानडालाई १७.४ ओभरमै हराउदै अमेरिका विजय

२० जेष्ठ २०८१, आईतवार १०:०४

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले क्यानडालाई हराउदै विजय भएको छ ।

आइतबार बिहान उद्घाटन खेलमा क्यानाडामाथि ७ विकेटको जित हासिल गरेको हो। डालासमा भएको खेलमा १९५ रनको चुनौती अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। अमेरिकाका लागि आरोन जोन्सले ४० बलमा अविजित रहँदै १० छक्काको मद्धतले ९४ रन बनाए ।

तेस्रो विकेटका लागि जोन्ससँग मिलेर १३१ रनको साझेदारी गर्ने क्रममा आन्द्रेस गोसले ४६ बलमा ६५ रन जोडे ।