काठमाडौं । सरोज खनाललाई प्रदेश मन्त्रीपरिषद् बैठकले लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको छ ।
बाणगंगा नगरपालिका–८, कपिलवस्तु निवासी खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव भएका व्यक्ति समेत हुन् ।
अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना अयोग पदाधिकारी विहिन भएको थियो ।
मुख्यमन्त्री महराले आफ्नो सचिवालयमा दुई जना विज्ञलाई नियुक्त समेत गरेका छन् । पूर्वाधार विज्ञको रूपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुशान्त बैद्दिकलाई नियुक्त गरेका हुन् ।
